RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३२ गते
५०६ पटक

जेठ ३२  । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ ।

संक्रमित ३४ लाख १ हजार ८७० जनाको उपचार भइरहेको छ भने ४० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ८२ हजार ५८० जनाको मृत्यु भएको छ ।

२१ लाख ९० हजार १२२ जना संक्रमित भएकोमा ११ लाख ५८ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार १३५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ५४ हजार ५०१ पुगेको छ । त्यसमध्ये १० लाख ४९ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५९ हजार ११५ जनाको मृत्यु भएको छ । १३ लाख ८७ हजार ७६७ जना संक्रमित भएकोमा ७ लाख २८ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार २८३ जनाको ज्यान गएको छ भने २ लाख ३५ हजार ७०४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिकृया दिनुहोस्