RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३२ गते
५५६ पटक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।

जसमध्ये ८७७ र ९७ महिला रहेका छन्।नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ। रेड जोनमा ४५८ जना रहेका छन्।

यस्तै आइतबार थप ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको हो। नयाँ संक्रमितमध्ये ३७५  पुरुष र महिला ५० महिला रहेका छन्।

पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा  ४ हजार ७६८ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्