RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२ गते
१३८५ पटक

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन् । एक वर्ष कार्यअवधि पूरा भएका जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरिएको हो ।

सरुवा अनुसार, भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, गोरखामा सुरेन्द्रबहादुर गुरुङ, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसैगरी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, तनहुँमा अरुण पौडेल र धनकुटामा गोविन्द अधिकारीलाई प्रहरी प्रमुख बनाइएको छ ।

प्रतिकृया दिनुहोस्