RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२ गते
११४० पटक

काठमाडौँ –यो वर्ष मनसुन भित्रिँदा नै सक्रिय अवस्थामा रहेकाले गुल्मीदेखि पूर्वका भागमा मनसुनी वर्षा भएको मौसमविद शान्ति कँडेलले बताएकी छन् ।

पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका केही क्षेत्रसम्म पुगको उनले जानकारी दिएकी छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मनसुन पुग्ने क्रममा रहेको छ ।

यो वर्षको मनसुनमा औषत पानी पर्ने पूर्वानुमान गरिएकाले किसानलाई सहज हुने देखिएको मौसमविदल कँडेलले बताएकी छन् । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

प्रदेश नम्बर ५ का थोरै भू–भाग, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का धेरै भू–भागमा वर्षा भइरहेको हो । हाल नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्