RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१२ गते
५१५ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पुन:बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ ।

स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस, सरकारको कामको समग्र समीक्षा रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अपेक्षा गरिएको हो ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । बुधबारदेखि सुरु भएको बैठकले पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राखेका थिए ।

सो बैठकले कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसीसी) र विविध कार्यसूची अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस्