RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१२ गते
११३७ पटक

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यहरूले बैठकमा प्रस्तुत भएका एजेण्डामा केन्द्रित रहेर आफ्ना धारणा राख्नेछन्।

जेठ १० गतेदेखि सुरू भएको बैठकमा सरकारको काम,पार्टी एकताका बाँकी कामहरू,एमसिसी परियोजना लगायतका एजेण्डामा छलफल हुने तय भएको छ।

यसअघि जेठ १० गते बसेको पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको आफ्नाविरूद्ध गुटबन्दी गरिएको आरोप लगाएका थिए।

त्यस्तै, अर्का अध्यक्ष प्रचण्डले सरकारमा रहनेहरूलाई घमण्ड बढ्दै गएको आरोप लगाएका थिए।

प्रतिकृया दिनुहोस्