RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१८ गते
६८५ पटक

काठमाडौं । राष्ट्रिपति विद्यादेवि भण्डारीले संघिय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् ।

राष्ट्रिपतिले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को २०७७/३/१८ को सिफारिसमा संघिय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०७७ साल असार १८ गते बिहिबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।’ राष्ट्रपतिले हस्ताक्षर गरी संसद् सचिवालयमा पठाइएको पत्रमा भनिएको छ।

१७ असारमा बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर २२ असारसम्मको लागि स्थगित गरिएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले २६ वैशाखमा बजेट अधिवेशन आह्वान गरेकी थिइन्।

चालु अधिवेशनबाट संविधान संशोधन भएको थियो भने आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो।

प्रतिकृया दिनुहोस्