RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२१ गते
५२३ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि काठमाडौ बोलाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति संघर्ष पार्टी विभाजनको तहमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रदेश २ बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि काठमाडौ बोलाएका हुन् । प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक पछिल्लो राजनीतिक घटनाक्रमकै विषयमा मुख्यमन्त्रीहरूको कुरा सुन्न छलफलका लागि बोलाइएको बताइएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूलाई निरन्तर घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केही दिनयता छलफल र बैठकलाई निकै तीव्र बनाएका छन्। छलफलकै क्रममा प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीसँग आफूविरूद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरूद्धसमेत महाअभियोग लगाउनेसम्मको तयारी भएपछि संसद् अधिवशेन अन्त्य गरिएको समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस्