RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२१ गते
८०९ पटक

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरू भएको छ।

ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् । छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए।

गत शुक्रबार अध्यक्ष ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएका थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच अन्तरसंघर्ष चलिरहेको छ।

हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए। नेकपा स्थायी कमिटी बैठकमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन प्रचण्डसहित शीर्ष नेताले आग्रह गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

प्रतिकृया दिनुहोस्