RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२१ गते
८८० पटक

कठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । पार्टीभित्रको आन्तरिक विवाद टुंगाे लगाउन जारी निर्णायक वार्ता सकिएकाे हाे ।

छलफलमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए । छलफलपछि प्रचण्ड बालुवाटारबाट बाहिरिसकेका छन् ।

बालुवाटार पुग्नुअघि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनी वालुवाटार पुगेको हुन् । राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे थियाे ।

यसअघि शुक्रबार प्रचण्ड र ओलीबीच वार्ता भएको थियो । वार्ता निर्णायक भनिएको भए पनि अन्त्यमा निष्कर्षहीन भएको थियो । वार्तामा प्रचण्ड पक्षबाट जनार्दन शर्मा र ओली पक्षबाट विष्णु पाैडेल सहभागी थिए ।

प्रतिकृया दिनुहोस्