RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२२ गते
१३५८ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ । यसअघि आज बस्नेगरी स्थगित भएको बैठक पर्सि, २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको र सम्वादको समय अपुग भएको भन्दै स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुदैँ आएको छ।यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

पछिल्लो पटक पार्टी फुटकै अबस्थामा पुग्न थालेपछि बैठक स्थगित गरि नेताहरु सम्वादमा जुटेका छन् । स्थायी कमिटीका दुई तिहाई सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बिवाद उत्कर्षमा पुगेको छ । १० असारमा शुरू भएको नेकपाका स्थायी कमिटी बैठक पार्टीभित्र विवाद चर्किएपछि १९ असारयता बस्न बसेको छैन।

प्रतिकृया दिनुहोस्