RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२३ गते
६१९ पटक

काठमाडौं । नेकपाभित्रको विवाद साम्य नभइरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेकि यान्छीले तीन दिनअघि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकि थिइन ।

नेपालसँग भेटवार्ता गरेकि यान्छीले मंगलवार विहान अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । खनाल निवास डल्लु पुगेर उनले ४५ मिनेट कुराकानी गरेकि थिइन । राजदूत यान्छीले नेकपाभित्रको शक्ति संघर्षका बिषयमा छलफल गरेकि थिइन ।

राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न नेकपा नेताहरुलाई सुझाव दिन थालेकि छिन् । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भन्दै केही नेताहरुले आलोचना पनि गरेका छन् । कांग्रेस, समाजवादी र राप्रपाका नेताहरुले आलोचना गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्