RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२३ गते
१२०० पटक

अस्पतालमा भर्ना भएका सात जना विरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल)ले आकस्मिक बाहेकका सेवा भएको छ । अस्पतालले आज सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ ।

भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार सोमबार अस्पताल भर्ना भएका ७ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै सोमबारै ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक/एक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो । यसअघि केएमसी सिनामंगल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतमा पनि भर्ना भएका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस्