RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२४ गते
८८५ पटक

काठमाडौं।  बैठक पर्सि, २६ असार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि सहमतिको प्रयास जारी रहेको भन्दै स्थायी कमिटीको बैठक पटक-पटक स्थगित हुदैँ आएको छ ।

आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ । पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् ।

यही असर १० गतेदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्वबाट राजीनामा दिनुपर्ने प्रचण्डको अडान छ भने ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्