RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२५ गते
१०३८ पटक

सिन्धुपाल्चोक, असार २५  हिजो राती अबिरल परेको बर्षाका कारण घरपरिवार गुमाएकाहरुको अहिले सम्म उद्धार हुन सकेको छैन् । बाह्बिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउदाँ १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् ।

यस्तै हिलो राती नै परेको बर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दूई घर बगाएको छ भने ४ जना बेपत्ता भएका छन् ।
जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरु आक्रोसित हुन थालेका छन् । बाढी पििडतहरुको यति खेर रुवाबासी, चिचाहट हुन थालेको छ । घटनास्थलमा अहिलेपनि भारी बर्षा भइरहेको छ ।
बाढीले जुर ेपहिरोदेखि कै तातोपानी सम्मको सडकखण्ड अबरुद्ध भए पछि प्रयाप्त मात्रमा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्न सकेका छैनन् । सो कारण उद्धार कार्यमा ढिलाई भईरहेको छ । तर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थलमा उद्धारकार्यमा खटिरहेको जानकारी दिनु भयो ।
घटनास्थ क्षेत्रमा बर्षा भईरहेका कारण उद्धार टोललिाई समस्या भईरहेको जनाएको छ । बाह्बिसेका नवीन श्रेष्ठका अनुसार बाह्बिसेबाट घटनास्थल जान नसकिने जानकारी दिनुभयो । उहाँका अनुसार जलेटार, खाग्दलमा बाढीले सडक छिनेको र बगाएको कारण घटनास्थल जान सकिएको छैन् ।
सभामुख अग्निप्रसाद सापकोटाले उद्धारका लागि काठमाडौंबाट घटनास्थल आउन खोजेपनि प्रतिकुल मौसमका कारण उहाँ धुलिखेलबाट नै फर्कनु परेको छ ।

प्रतिकृया दिनुहोस्