RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२७ गते
१३५१ पटक

काठमाडौं, असार २७ । जन तथा मौसम बिज्ञानबिभागले देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको प्रष्ट पार्दै सतर्क रहन अपिल गरेको छ ।

बिभागका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतवार अर्थात असार २८ को मौसम देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशमा हल्कादेखि केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असार २९ गते पनि देशभर सामान्यदेखि पूर्णबदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्