RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२७ गते
९६२ पटक

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६ जना, राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा ११ जना र दैलेख अस्पतालमा १० जनालाई गरिएको पीसीसार परीक्षणमा कोरोना संक्रमित फेला परेका हुन् ।
शुक्रबारसम्म संक्रमितको संख्या एक हजार पाँच सय ८८ पुगेको छ ।

संक्रमण हुनेमा सुर्खेतका ११ जना, डोल्पा, बाजुरा र सल्यानका एक एक जना, सल्यानका ९ जना, जाजरकोटका २ जना, दैलेखका २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

कणालीमा कोरोना संक्रमित हुनेको कुल संख्या एक हजार पाँच सय ८८ रहेको छ ।‘अहिले सक्रिय बिरामीको संख्या २३५ रहेको छ ।
‘कोरोनाका कारणले कर्णालीमा ६ जना मृत्यु भएको छ ।

यस्तो छ जिल्लागत संक्रमितको संख्या
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४९ जना रहेका छन् । कर्णालीका मात्र हालसम्मको जम्मा १५८८ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७८९ जना, सुर्खेतमा ४१३ जना, सल्यानमा २१० जना, कालिकोटमा ५० जना, जुम्लामा ३२ जना, जाजरकोटमा १९ जना, मुगुमा ५ जना, हुम्लामा २ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्