RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२७ गते
६७९ पटक

पर्वत :  नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने शुक्रबार साँझसम्म ३ जनाको शव भेटिएको थियो।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अहिलेसम्म २० जनाको शव फेला परेको र १३ जना अझै पनि बेपत्ता रहेको शनिबार मौसममा सुधार आएकाले २ वटै हेलिकोप्टर सहजै घटनास्थलमा जान सक्दा उद्धार कार्य तीव्र रूपमा भइरहेको तर मृतकहरू कुन–कुन स्थानीय तहका हुन भनेर यकिन भने गरी नसकिएको उनको भनाई छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली स्थल मार्ग हुँदै घटनास्थलमा पुगेको छ भने सशस्त्र प्रहरीको टोली बाटोमै रहेको छ।

हेलिकोप्टरबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मी जान नसकेका कारण स्थल मार्ग हुँदै गइरहेको टोली पुगेपछि उद्धार कार्य अभैm तीव्र बन्ने डिएसपी कुँवरले बताए।

बिहीबार रातीको पहिरोले ठाउँ ठाउँका सडक भत्किएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा जान नसक्दा उद्धार कार्य नै प्रभावित भएको थियो।

प्रतिकृया दिनुहोस्