RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२८ गते
४९२ पटक

काठमाडौं । यसअघि प्रवेश गरेको सलहको झुन्ड पूर्णरूपमा नहराउँदै अर्काे सलहको झुन्ड नेपाल आउन सक्ने देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको झुन्ड हावाको बहावसँग भारतको वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रबाट नेपालको धनुषा, महोत्तरी र सर्लाहीमा प्रवेश गर्न सक्ने प्रक्षेपण गरेको छ । केन्द्रका अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका दुईवटा झुन्ड करिब १ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएका छन्

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झुन्ड पनि दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको बताए । पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भए तापनि ती झुन्ड धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट प्रवेश गर्ने अनुमान छ ।

उनले भने, ‘१ देखि २ दिनमा र सुदूरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश ५ का दक्षिण पश्चिमका भूभागबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकाले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्नु गराउनु हुन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ ।’

केन्द्रका अनुसार यसअघि करिब ७० देखि ८० लाखको सलहको झुन्ड भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीबाट प्रवेश गरेको सलहले १ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा मकै, फलपूmल र तरकारी बाली क्षति गरेको थियो । केन्द्रका अनुसार सबैभन्दा धेरै क्षति दाङ र प्यूठान जिल्लामा गरेको थियो । सलहले दाङ जिल्लामा ५ सय ८० हेक्टरमा लगाएको मकै र तरकारी बालीमा क्षति गरेको छ भने प्यूठानमा २ सय ८३ हेक्टरमा लगाएको मकै, फलपूmल तरकारी र भटमासमा क्षति गरेको थियो । यसैगरी, अर्घाखाँचीको १ सय हेक्टर, पाल्पामा ५० हेक्टर, मकवानपुरमा १ यस ५ हेक्टर क्षेत्रफलमा लगाएको मकै तथा तरकारीमा क्षति गरेको थियो । अन्य केही जिल्लामा सामान्य क्षति गरेको थियो ।

यसअघि आएको सलहको झुन्ड तिरबितर भएर बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रूपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, लमजुङ हुँदै गुल्मीलगायतका ५२ वटा जिल्लामा छरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी आइतबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राजधानी दैनिक…

प्रतिकृया दिनुहोस्