RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/३० गते
५८२ पटक

असार ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच पार्टीभित्र देखिएको समस्या समाधानमा केन्द्रित रहेर पुनः छलफल सुरु भएको छ ।

सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दी सुरु भएपछि असार १८ गते स्थगित भएको स्थायी समिति बैठक हालसम्म बस्न सकेको छैन । दुई अध्यक्षबीचको सहमतिपछि मात्रै बैठक अघि बढाउन स्थायी कमिटीका नेताहरुले सुझाव दिएपछि सहमतिका लागि पटक पटक बैठक स्थगित हुँदै आएको छ । अर्काे बैठक साउन २ गते तोकिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले आफू निकट नेताहरुसँग परामर्श गरी ठोश समाधानका लागि आज बार्तामा बस्नुभएकोले हो । दुई अध्यक्षबीच सहमति जुटेपछि बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित सचिवालयका नेताहरुसँग छलफल गरिने बताइएको छ ।

नेपाल र खनालले दुई अध्यक्षको सहमति नमान्ने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । तर दुवै अध्यक्षबीच सहमति नभई पार्टी निर्णय नै नहुने बिधानको ब्यवस्था रहेको छ । एकता गर्दाको सहमति, बिधान र गत मंसिर ४ गते सचिवालयबाट भएको निर्णयका आधारमा दुई अध्यक्षबीच सहमति हुने अपेक्षा गरिएको छ । लगभग बिभाजनकै तहमा पुगको नेकपाभित्रको संकट दुई अध्यक्षको संवाद अघि बढेपछि टरेको थियो ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताउनु भएका ओली र दाहालबीचको आजको छलफललाई सवैले निकै चासोपूर्वक हेरेका छन । ओली र प्रचण्डबीच यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार लगातार छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्