RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/३० गते
५१८ पटक

गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यस्तै बुटवल–पाल्पा खण्डको दोभानमा सोमबार दिउँसो खसेको पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

सोमबार नै पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ठूला ढुङ्गा भएकाले समस्या भएको छ । ढुङ्गा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारी साधन रोकिएका छन् ।

प्रतिकृया दिनुहोस्