RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
१०९४ पटक

ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन् । प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना छ ।

एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भए/नभएको सूचना संकलन हुनेछ । भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्नेछ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा भाडासम्बन्धी गुनासो धेरै आउने गरेकाले नियन्त्रणका लागि अभियान चालिएको बताए । उनले भने, ‘उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनमा भाडासम्बन्धी धेरै गुनासो आए । प्रारम्भिक रूपमा अध्ययन गर्दा कतिपय सवारीसाधनले सरकारी भाडादर लागू नगरेको पाइयो । यसलाई रोक्न हामीले सरोकारवालासँग छलफल गर्‍यौँ । सोही छलफलपछिको निचोडमा भाडा अनुमगन अभियान थाल्यौँ ।’ नयाँ पत्रिका दैनिकबाट……

प्रतिकृया दिनुहोस्