RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२ गते
५४९ पटक

सलहको झुण्ड हिजो पनि पश्चिम नेपालको विभिन्न जिल्लाबाट प्रवेश गरेको छ । कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पश्चिम क्षेत्रमा रहेको सलहको केही झुण्ड हावाको प्रवाहसँगै नेपाल छिरेको हो ।

हिजो बिहान नेपालगञ्ज र बाँकेबाट चारदेखि पाँच लाखको सलहको झुण्ड नेपाल छिरेको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो । यस्तै कञ्चनपुरबाट समेत केही झुण्ड प्रवेश गरेको छ । असार २८ गते दाङबाट प्रवेश गरेको झुण्डले प्यूठानमा केही क्षति गरी तल्लो क्षेत्रमा गएको छ ।

हावाको दिशा आज र भोली पूर्वबाट आउने मौसम विज्ञान विभागले जनाएको छ । हावाको दिशा नेपालमा उत्तर–पश्चिम भएर जाने भएकाले पश्चिम क्षेत्रमा रहेको सलह प्रवेश गर्ने सम्भावना कम रहेको जनाइएको छ ।

किसानको सक्रियता र मौसम प्रतिकूल हुँदा ठूलो क्षति पुर्याउन भने नसकेको कीटविज्ञले बताएका छन् । अहिले पनि ठाउँठाउमा सलहले आफ्नो उपस्थिति देखाइरहेको छ ती मध्ये धेरै सलह जङ्गलमा बसेको छ ।

प्रतिकृया दिनुहोस्