RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/४ गते
११३९ पटक

काठमाडौँ, साउन ४ गते । मनसुनी न्यूनचापीय रेखा नेपालमाथि आइुपग्दा देशभर व्यापक झरी परिरहेको छ । झरीसँगै तराईका क्षेत्रा भारी बर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मध्य तराई र पश्चिम तराईमा भारी बर्षा भैरहेको छ, काठमाडौँ लगायत पहाडी भेगमा मध्यम बर्षा भैरहेको छ, मौसमविद बरुण पौडेलले भन्नुभयो । उहाँका अनुसार प्रदेश नम्बर ५ को तराई क्षेत्र, वाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी बर्षा भईरहेको छ । पश्चिमको कञ्चनपुर सहितका एकाध स्थानमा कम बर्षा भईरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले चारदिन अघि नै अबको केही दिन लगातार बर्षा हुने पूर्वसूचना दिएको थियो । सोही अनुसार अबको चारदिन केही भेगमा अधिक बर्षा समेत हुनसक्ने सम्भावना औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई विपद् विरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि अबको साउन ५ देखि ९ गतेसम्म कन्काइ, कोसी, वाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १,२ र ५, वाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम औाल्याएको छ । बाढी र डुबान हुने नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै मोबाइल म्यासेज समेत पठाइएको छ । काठमाडौँमा लगातारको बर्षाले स्थानीय नदीमा बहाव बढेको छ । नालामा समेत पानी बढेर केही क्षेत्रमा जलमग्न बनेको छ ।
विगत २४ घण्टाको बर्षाको अवस्था हेर्दा देशभरका १७२ स्टेसनमा बर्षा भएको पाइएको छ । कपिलवस्तुको बाणगंगा स्टेसनमा सबैभन्दा बढि ११७मिलि मीटर बर्षा मापन भएको छ । अन्य केन्द्रमा पनि १० देखि एकसय मिलि मीटरसम्मको बर्षा भएको मापनकेन्द्रले बिहान आठबजेसम्मको तथ्य पठाएको छ ।
२४ घण्टामा दुईको मृत्यु
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत २४ घण्टामा २ जनाको खोलाले बगाएर मृत्यु भएको छ । यस अवधिमा आगलागि, पहिरो, बाढी, ज्रंगली हात्तीको आक्रमण सहित १८ वटा घटना भएका छन् । साथै निरन्तरको बर्षासँगै विभिन्न क्षेत्रमा बाढी र डुबान भएका सूचना आएको उसले जनाएको छ ।
बेशी सहर चामे सडकखण्ड, अछामको मध्य पहाडी लोकमार्ग र बझाङको जयपृथ्वी राजमार्ग गरि विभिन्न तीन स्थानमा पहिरोका कारण सडक अवरुद्ध समेत भएको छ । यस अवधिमा १७ लाख बढिको भौतिक क्षति भएको प्राधिकरण प्रमुख अनिल पोखरेलले बताउनु भएको छ ।गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्