RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/६ गते
६०२ पटक

काठमाडौं । सप्तकोसी नदीमा मंगलबार पानीको बहाव यसै वर्षकै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव यो वर्षको उच्च हो । बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पसेको छ । तराईका अधिकांश भु–भाग जलमग्न भएको छ । सप्तरीमा तीनसय बढी घर डुबानमा परेको छ भने सडक ठाउँ ठाउँमा अबरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस्