RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
१२१२ पटक

काठमाडौं । १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, २ नम्बर प्रदेशका रामकृष्ण सुवेदी पनि गृहसचिवको लागि दौडधुपमा छन् । सचिव नै बढुवा नभएका कलकत्ताका महाबाणिज्यदूत एकनारायण अर्याल पनि गृहसचिवको दौडमा छन् । उनी माघ २२ गते ४ सचिव अवकाश भएपछि रिक्त सिटमा बढुवा हुँदैछन् ।

बढुवा हुनासाथ गृहमन्त्रालयमै पदस्थापन हुने ध्यानमा उनी छन् । उनी गृहप्रशासनमा तनहुँ, हेटौंडा र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भइसकेका काठमाडौंको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । र, गृहमन्त्रालयमा लामै समय महाशाखा प्रमुखका रुपमा काम गरेको दाबा प्रस्तुत गर्दै प्रेम राईपछि आफू नै काबिल भएको जिकिर गर्ने गर्दछन् ।

सचिव बढुवा हुनासाथ प्रदेशमा खटाउने चलन रहिआएको छ । तर यसअघि सूर्यप्रसाद गौतमलाई वर्तमान प्रधानमन्त्री केपी ओलीले बढुवा हुनासाथ प्रदेशमा नखटाई महालेखा नियन्त्रक बनाएको नजीर भएकाले अर्याल पनि पदोन्नति भएपछि गृहमै पदस्थापन नहोलान् भन्न नसकिने स्रोत बताउँछ ।

त्यसो त विगतमा माओवादी केन्द्रका हरेक मन्त्रीले रुचाएका रामकृष्ण सुवेदी पनि गृहकै लबिङमा छन् । यी सबै विगतमा आफू एमाले वा माओवादी केन्द्र निकट भएको भन्दै नेताहरुको घर घरमा धाइरहेका छन् ।

गृहसचिव प्रेमकुमार राई आफ्नै जिल्ला संखुवासभा घर भएका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई आफू अवकाश भएपछि गृहप्रशासन सुम्पन चाहिरहेका छन् । उनले प्रधानमन्त्री ओलीलाई यसमा कन्भिन्स पनि गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्