RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/८ गते
१२१६ पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २४१ पुगेको छ। देशभरका प्रयोगशालामा गरिएको ३ हजार ४ सय ८१ पीसीआर परीक्षणमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ छन् । त्यस्तै स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । योसँगै हालसम्म कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या १२ हजार ८४० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ५ हजार ३५८ जना रहेको छ । बुधबार सार्वजनिक २४ घन्टाको तथ्यांकमा संक्रमित १०० जना भेटिएका थिए ।

प्रतिकृया दिनुहोस्