RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/९ गते
९३२ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा नफुट्ने दाबी गरेका छन् । नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी पनि गरेका छन्।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै सचिवालय तथा स्थायी समिति सदस्यसमेत रहेका उनले भने ,नेकपा फुट्दैन। कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’

नेता नेपालले आफू नै राज्य हो र आफूबिना संसार चल्दैन भन्ने भ्रममा समेत नपर्न आग्रह गरेका छन्। अब पार्टी नयाँ सिराबाट अगाडि बढ्नुपर्ने उनले बताएका छन्। त्यसको लागि ढिला गर्न नहुने उनले बताए। उनले नीति र विचार ठूलो रहेको भन्दै पार्टी विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिए।

केही महिनादेखि नेकपाभित्र आन्तरिक विवाद चल्दै आएको छ। आन्तरिक विवाद साम्य पार्नको डाकिएको स्थायी समिति बैठक पटक(पटक स्थगित हुँदै आइरहेको छ।

प्रतिकृया दिनुहोस्