RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/११ गते
१३९१ पटक

सरकारले वैदेशिक रोजगारीका लागि १० हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरे पनि ८० प्रतिशत श्रमिकलाई सेवा शुल्कवापत २ लाख रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।

हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाँदा न्यूनतम २५ हजारदेखि २ लाख रुपैयाँभन्दा बढी खर्च गरेको उल्लेख छ । औषत मासिक २५ हजार रुपैयाँ कमाउन विदेश जाने युवामध्ये २७.७ प्रतिशतसँग ७५ हजारदेखि १ लाख रुपैयाँसम्म असुली गरेको पाइएको हो ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको ‘विप्रेषणको प्रभावकारी उपयोग’ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार सो खर्च जुटाउनको निमित्त ७९.९ प्रतिशत युवाले चर्को ब्याजमा ऋण लिएर रकम जुटाएका थिए ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ सरकारले सेवा शुल्क तोके पनि यसको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न नसकेको कारण रहेको बताउँछन् । “यसमा म्यानपावर व्यसायी धेरै लालची भएका कारण नेपाली युवा चर्को सेवा शुल्क तिर्न बाध्य भएका हुन्,” गुरुङले भने, “सेवा शुलक लागू नहोस भन्नेमा सरकारका कतिपय कर्मचारी नै लागेका छन् ।”

वैदेशिक रोजगारीमा गएका कामदारहरूले पठाएको विप्रेषणको रकमले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको जनाउँदै आएको सरकार सेवा शुल्कसम्बन्धी कानुनी प्रावधान कार्यान्वयन गर्न नसक्दा धेरै जसो श्रमिकको करार अवधि सकिएर नेपाल फर्कनुपर्ने बाध्यता छ । बोर्डले गरेको अध्ययनमा वैदेशिक रोजगारीमा गएर फर्किएका र फेरि विदेश नफर्किने मनस्थितिमा रहेका व्यक्तिहरू मात्र थिए । चार प्रदेशमा गरिएको यो अध्ययनमा, झापा, मोरङ, धनुषा, सिरहा, मकवानपुर, सिन्धुपाल्चोक र दाङ गरी जम्मा ३५० जना वैदेशिक रोजगारबाट फर्किएका युवामा गरिएको थियो । यसरी चर्को सेवा शुल्क तिरेर जान वाध्य युवामध्ये अधिकांश अदक्ष र कम पढेका रहेका छन् । यसरी चर्को सेवा शुल्क तिर्न वाध्य युवामध्ये मलेशिया २८.५ प्रतिशत, कतार २३.९ प्रतिशत, साउदी अरब २१.३ प्रतिशत, यूएई १०.७ प्रतिशत र कुवेत (५.५ प्रतिशत) जाने रहेका थिए । सो संख्यालाई गहिरिएर हेर्दा, पुरुष गएका मुख्य देश मलेशिया थियो भने महिलाको संख्या धेरै भएको देश कुवेत थियो ।
यसरी जानेमध्ये १३.१ प्रतिशत लेवर–हेल्पर, १०.६ प्रतिशत, ड्राइभर, ८.९ इलेक्ट्रिसियन, ७.७ प्रतिशत क्लिनरको रूपमा गएका छन । विदेश जाने ३६.८ प्रतिशतले घरपरिवार पाल्नको निमित्त विदेश गएको बताएका छन् । त्यसै गरी ३० प्रतिशतले नेपालमा काम नपाइएकोले विदेश जानुपरेको भनेका छन । विदेश बस्दा गर्ने खर्चको लेखाजोखा बारे बुभ्mदा आपूmले कमाएको पारिश्रमिकमा आधा भन्दा कम खर्च गर्ने ४४.३ प्रतिशत छन् भने एकदमै थोरै खर्च गर्ने चाहि ४४ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये सबैले आफ्नो पारिश्रमिक घरपरिवारलाई पठाउने गरेको पाइयो । रोजगारीका लागि गएका युवामध्ये ६४.९ प्रतिशतले हरेक ३ महिनामा आफ्नो कमाई घरपरिवारमा पठाउने गरेको पाईयो । यसमा ३६ प्रतिशतले २० हजार देखि ३० हजारसम्म पैसा घर पठाउने गरेको पाइएको छ । समग्रमा पठाइएको रकममा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म पठाउनेको संख्या बढी रहेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्