RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/११ गते
८५२ पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजारको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने जनाएको छ।

मन्त्रालयले आईतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरी रहेका सरकारी र निजी प्रयोगशालाबाट तथ्यांक लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताए । उनले अहिले सरकारी प्रयोगशालाको प्रति दिन क्षमता ६ हजार ३ सय ६० र निजीको ३ हजार रहेको बताए। साथै प्रवक्ता डा. गौतमले ११ वटा आरएनए छुट्याउने मेसिन जडान गरेर थप ८ हजार ८ सयको परीक्षण गर्न सकिने जनाए ।

‘प्रयोगशालाहरूको पिसिआर क्षमता सम्बन्धी रेकर्ड लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने देखिएको छ’, नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. गौतमले भने, ‘निकट भविष्यमा हामी दैनिक १८ हजार एक सय ६० जनाको परीक्षण गर्नसक्छौं ।’ यसअघि पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको परीक्षण गर्न जनाएका थिए।

यद्यपी अहिलेसम्म दैनिक सो संख्यामा परीक्षण हुन सकेको छैन। तर मन्त्रालयले भने आवश्यक परेको खण्डमा दैनिक १० हजार बढीको परीक्षण गर्न सकिने जनाएको छ। मन्त्रालयले क्वारेन्टिनमा बस्ने व्यक्तिहरूको संख्या घटेकोले परीक्षण संख्या पनि घटेको बताउदै आएको छ ।

प्रतिकृया दिनुहोस्