RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१२ गते
१३३९ पटक

साउन १२ । मुख्य सचिव लोकदर्शन रेग्मीसहित ठुलो संख्यामा उच्च सरकारी अधिकारीहरु अनिवार्य अवकाश पाउने भएका छन । मुख्य सचिव रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउदै हुनुहुन्छ । मुख्यसचिव रेग्मी भन्दा अगाडि नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनाल कात्तिक २, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुनुहुने भएको छ ।

यस्तै परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा असोज २२ गते अनिवार्य अवकाश पाउन लाग्नुभएको छ । राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा कात्तिक २० मा अवकाश पाउन लाग्नुभएको छ ।

यसरी आर्थिक वर्ष २०७७/७८ मा मुख्य सचिव रेग्मी र १९ सचिवसहित २४ सय ८० जना कर्मचारीले अनिवार्य अवकाश पाउन लाग्नुभएको होे । राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक सूचना जारी गर्दै चालू आर्थिक वर्षमा मुख्य सचिव रेग्मीसहित ठूलो संख्यामा कर्मचारीको अनिवार्य अवकाश हुँदै गरेको जानकारी गराएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अर्का सचिव प्रकाश माथेमा पनि मंसिर १ मा अनिवार्य अवकाश पाउनेका सूचीमा हुनुहुन्छ । यस्तै पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा मंसिर १५, लोकसेवा आयोगका सचिव आनन्दराज ढकालले पुस २९, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले माघ ८, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले चैत २ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा तीर्थराज ढकालले चैत २७ गते अवकाश पाउन लाग्नुभएको छ ।

यसैगरी वन तथा वातावरण सचिव डा. विश्वनाथ ओलीले २०७८ वैशाख ७०, सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले वैशाख २४, शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव डा. सञ्जय शर्माले २०७८ जेठ ६, खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले जेठ १४, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डेले असार १७, महालेखा निरीक्षक गोपीनाथ मैनालीले असार १० र हालै सचिवमा बढुवा भएका बाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले वैशाख ६ गते अवकाश पाउने कितावखानाले जनाएको छ ।

यिनै १९ जनामध्ये एकजना मुख्य सचिव हुनेछन् भने बाँकी १८ जनाको अवकाश हुनेछ। परराष्ट्र सचिव वैरागी, पर्यटन सचिव अधिकारी, सार्वजनिक अनुगमनका सचिव सापकोटा र उद्योग सचिव घिमिरे मुख्यसचिवको प्रमुख दाबेदार हुनुहुन्छ । वन सचिव ओली, सहरी विकास सचिव मधुसूदन अधिकारी पनि लविङमा हुनुहुन्छ । उमेर वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गरिएको छ। किताबखानाका महानिर्देशक ऋषिराम तिवारीद्वारा हस्ताक्षरित सूचनामा अनिवार्य अवकाश हुने सम्बन्धित कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी सूचनाको पत्र कारणवश प्राप्त नभएमा सबैलाई यसै सूचनाको आधार मानी अवकाश लिने दिने व्यवस्था गर्नू भनी आह्वान गरिएको छ।

यस वर्ष सहसचिवमा धेरै अवकाश भइरहेका छन्। अनिवार्य अवकाश पाउने सहसचिवमा अच्युतप्रसाद ढकाल, लावण्यकुमार ढकाल, लेखनाथ शर्मा, कुमारबहादुर खड्का र दीपेन्द्र काफ्ले हुनुहुन्छ । यसैगरी सहसचिव वीरबहादुर राई, भीमसेन तिमिल्सिना, भेषबहादुर कार्की, शंकरप्रसाद सुवेदी, कैलाशराज पोखरेलले पनि चालू आर्थिक वर्षमा अवकाश पाउने सूचीमा हुनुहुन्छ । निजामति किताबखानाका अनुसार अनिवार्य अवकाश पाउने अन्य सहसचिवमा रामकृष्ण गुरागाईं, बलराम मिश्र, सरोजकुमार प्रधान, भगवानप्रसाद गुप्ता, हरिप्रसाद दाहाल, नवराज काफ्ले, श्यामराज अधिकारी, सुरेन्द्रप्रसाद नेपाल, विष्णुकुमार कार्की, प्रवीणराज अर्याल, भेषनाथ शर्मा, वंशी शर्मा, सनतकुमार दवाडी, विष्णुप्रसाद अधिकारी हुनुहुन्छ ।

यसैगरी सहसचिव नरनाथ गिरी, कौशलकिशोर झा, तेजबहादुर सुवेदी, प्रेमराज जोशी, कालीप्रसाद पोखरेल, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदारप्रसाद पनेरू, टीकाराम ज्ञवाली, यज्ञबहादुर हमाल, चन्द्रमान श्रेष्ठ, दिगम्बर ठाकुर, किशोर जोशी, रूपनारायण भट्टराई, मुरारी महत पनि अवकाश पाउनेको सूचीमा हुनुहुन्छ ।

यस्तै उपेन्द्रकुमार खनाल, विद्यानाथ भट्टराई, महेश्वरनरसिंह केसी, डिल्लीराम सेढाईं, धरुबमणि ज्ञवाली, मदन थापा, माधवप्रसाद पौडेल, यज्ञराज बोहरा, यादव सुवेदी, लक्ष्मणप्रसाद पौडेल, बलराम थापा, दीपक केसी, नरेन्द्रसिंह भण्डारी, द्रोण पोखरेल, जीवनप्रकाश श्रेष्ठ, हरि बखती, दीर्घनारायण पौडेल, राजेश पौडेल, कान्चनराज पाण्डे पनि अवकाश पाउनेको सूचीमा हुनुहुन्छ । उपसचिव, शाखा अधिकृत, नायब सुब्बादेखि कार्यालय सहयोगीसम्मका अवकाशको लिस्ट किताबखानाले सूचना जारी गरी सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस्