RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१३ गते
६५१ पटक

सोमबार राति तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए।

उनका अनुसार जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर बिक र १२ बर्षिया छोरी रिता बिकको मृत्यु भएको हो भने श्रीमती होम कुमारी बिक गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।

त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरिँदा उनका ३ बर्षिया छोरा समिर परियारको मृत्यु भएको छ। सूचना अधिकारी समेत रहेका  रेग्मीका अनुसार जिल्लाभित्रका सबै ग्रामिण सडक अवरुद्ध छ।

 

प्रतिकृया दिनुहोस्