RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१६ गते
६१३ पटक

साउन १६ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १ करोड ७४ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिसगै शुक्रबार बिहान सम्ममा विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४७५ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितमध्ये निको हुनेको संख्या १ करोड ९ लाख २७ हजार १६० रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २२१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार ७६२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ८६८ जनाको मृत्यु भएको छ । २८ लाख ५२ हजार २०१ जना संक्रमित भएकोमा १७ लाख १५ हजार ४५२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १६ हजार २९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ लाख ३१ हजार १४४ पुगेको छ । त्यसमध्ये २७ लाख ९० हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९५ हजार ३९५ जनाको मृत्यु भएको छ । ४२ लाख १० हजार ३ जना संक्रमित भएकोमा ३१ लाख ७ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४१ हजार ६१५ जनाको मृत्यु भएको छ । ४० लाख २९ हजार ४०२ जना संक्रमित भएकोमा २७ लाख ४० हजार ५०८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ३६५ जनाको ज्यान गएको छ भने ९ लाख १२ हजार ६२१ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ५९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २१३ जनाको मृत्यु भएको छ । १८ हजार ३७ जना संक्रमित भएकोमा १२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्