RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
१०४६ पटक

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले सीपलाई प्राथमिकता दिँदै आएपनि विदेश जाने आधिकांशमहिला नै सीप र दक्षताका हिसाबले कमजोर रहेको पाइएको छ ।वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीप, दक्षताका हिसाबले कमजोर रहेको पाइएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आम्दानीलाई सीप, दक्षतासँग तुलना गरिरहेकै बेला वैदेशिक रोजगारीमा जाने ६० प्रतिशत महिला नै अदक्ष हुने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५-२०७६ को प्रगती प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका कुल महिलाको ५८.८४ प्रतिशत महिला कुनै सीप र दक्षताबिना नै वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ । विगत ३ आवमा वैदेशिक रोजगारीमा गएका ९७ हजार ३१० महिला मध्ये ५८.८४ प्रतिशत अर्थात ५७ हजार २५६ महिला कुनै सीप र दक्षता बिना (अदक्ष) नै गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने अन्य देशका महिलाको तुलनामा नेपाली महिला अदक्ष हुने गरेका कारण गन्तब्य देशमा सुरक्षा र आम्दानीका हिसाबले नेपाली महिला बढी जोखिममा रहेको देखिन्छ । दक्षता र सीप कमजोर भएकै कारण पुनः श्रम स्वीकृति लिएर जाने महिलाले सीपअनुसार पारिश्रमिक पनि नपाउने गरेको गुनासो धेरै रहेकोे छ । सीप नभएका कारण एउटा कामको लागि श्रम स्वीकृति लिने र गन्तब्य देशमा फरक काम गर्ने गरेका नेपाली महिला धेरै हिंसामा पर्ने गरेकोे महिला अधिकारकर्मीको भनाइरहेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्