RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१७ गते
७२० पटक

गुल्मी । अविरल बर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोमा पुरिएर एकैघरका चारजनाको ज्यान गएको छ ।

हिजो शुक्रबार साँझ परेको अविरल बर्षाले टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

राजु बोटे रोजगारीको लागि भारतमा छन् । अहिले उद्वारको लागि स्थानीयको साथसाथै इलाका प्रहरी कार्यालय, रिडी र इलाका प्रहरी चौकी, जुहाङ्गको समूह पुगेको छ । साँझको समयमा भएको बर्षाका कारण पहिरो गएको र अझै पनि लगातार पानी परिरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन भने बाँकी छ ।

प्रतिकृया दिनुहोस्