RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१९ गते
५९४ पटक

सिन्भुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा ८ कामदार पुरिएका छन् । सोमबार राति साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले जानकारी दिए ।

पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरासिया, प्रदिप चौरासिया, राजेश चौधरी, विक्रम थिङ, मनबहादुर रुम्बा,सिमन घ्लान, शिव बालक, धामी, सोनाम लामा छन् भने बारु शहाको उद्धार गरिको छ ।

मेलम्ची नगरपालिकामा निर्माणधिन कर्भडहलमा कार्यरत ८ जना कामदार पहिरोमा पुरिएको मेयर अर्यालले जानकारी दिए । कर्भडहलमा काम गर्ने कामदार बस्ने जस्ताको टहरो आधा पुरिएको प्रहरीले जानकारी दिएको छ । पहिरोले पुरीएका मध्ये एक जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, प्रहरी र स्थानीयले बेपत्ताहरुको उद्धारमा खटिएका छन् ।

प्रतिकृया दिनुहोस्