RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१९ गते
५९० पटक

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण देखिएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण पुष्टि हुनेमा वीरगन्ज निवासी एक पत्रकार र तीनजना प्रहरीसमेत रहेको नारायणी अस्पताल मेसु डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार ३५ जना संक्रमितमध्ये १९ जना वीरगन्जको श्रीपुर निवासी हुन् ।

डा. उपाध्यायका अनुसार थपिएका नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङ र बाँकी अन्य माध्यमबाट परीक्षण गर्दा पोजिटिभ भेटिएका हुन् ।

प्रतिकृया दिनुहोस्