RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२० गते
१९७९ पटक

नुवाकोट- कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजस्व संकलनमा वृद्धि भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटकाअनुसार गत आर्थिक वर्ष २०७६-०७७ मा ४६ करोड ४१ लाख २१ हजार संकलन भएको छ । कार्यलयले अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा ४० करोड ४५ लाख ६९ हजार राजस्व संकलन भएको थियो ।

यस वर्ष झण्डै ६ करोडले बढी राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका सूचना अधिकारी युवराज डुम्रेले बताए । जिल्लामा सबैभन्दा बढी राजस्व जिल्ला प्रशासन कार्यालयबाट संकलन भएको छ । राहदानी वितरणका कारण जिल्ला प्रशासन कार्यालयको राजस्व अन्य कार्यालयबाट संकलित भन्दा बढी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा २ करोड १५ लाख ५५ हजार ६ सय ३१ संकलन गरेको छ । यस्तै, बेलकोटगढी नगरपालिकाबाट एक करोड ६२ लाख ९९ हजार, जिल्ला प्रहरी कार्यालयबाट एक करोड तीन लाख २७ हजार, डिभिजन सडक कार्यालयबाट एक करोड ६८ लाख ४४ हजार संकलन भएको छ ।

गत आर्थिक वर्षका विभिन्न स्थानीय तहरुले सशर्तमा आएको बजेट, बेरुजु दाखिला लगायतबाट ३६ करोड ३३ लाख राजस्व जम्मा भएको कार्यालयका सूचना अधिकारी डुम्रेले जानकारी दिए । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्