RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२१ गते
१००८ पटक

साउन २१ । जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, आज राति देशका अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्ल्लेख छ ।

आज भारी वर्षा हुने स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सूचित गरेको छ ।

प्रतिकृया दिनुहोस्