RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२३ गते
८७३ पटक

साउन २३ । बैतडीमा गएराति पहिरोमा च्यापिदा आमाछोराको मृत्यु भएको छ। गएराति घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको हो।

उनीहरूको शव विहान ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन्। मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

प्रतिकृया दिनुहोस्