RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२३ गते
७१७ पटक

साउन २३ । कोरोना संक्रमित बढेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन । काठमाडौं र ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म अत्यावश्यकबाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीहरुले गरेका हुन । बैठकको निर्णयअनुसार सो अवधीमा प्रशासन कार्यालयबाट प्राप्त हुने नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता/पत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुनेछन ।

बैठकले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालन गर्ने निर्णय गरेको छ । आजै बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँमा सिल गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्