RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२४ गते
५८६ पटक

काठमाडौं, साउन २४ ।  विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट १ करोड ९५ लाखभन्दा बढीमा मानिसमा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार ९ जना संक्रमित भएसगै विश्वभर कुल संक्रमितको संख्या १ करोड ९५ लाख ३९ हजार ७४८ पुगेको हो ।

विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । संक्रमणबाट शनिवार विहानसम्म ६४।१९ प्रतिशत अर्थात १ करोड २५ लाख ४३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ९७ हजार ६२४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

यस्तै एकै दिन ६ हजार ४४८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २३ हजार ९९१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ६१३ जनाको मृत्यु भएको छ । ३० लाख ८ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ६ हजार १८९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख ९५ हजार ४९३ पुगेको छ । त्यसमध्ये ३२ लाख ३३६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६ हजार ६९० जनाको मृत्यु भएको छ । ४८ लाख ६३ हजार २६६ जना संक्रमित भएकोमा ३६ लाख ६२ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५६ हजार ७४४ जनाको मृत्यु भएको छ । ४६ लाख २३ हजार ९८६ जना संक्रमित भएकोमा ३१ लाख ५३ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ५५३ जनाको ज्यान गएको छ भने १० लाख २५ हजार ४६४ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३०४ जनाको मृत्यु भएको छ । २२ हजार ५७२ जना संक्रमित भएकोमा १२ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्