RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
७६३ पटक

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताउनुभएको छ ।

आज समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेनद पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिनुभयो ।

स्थानीय तहमा बढी भ्रष्टाचार रहेकाले नियन्त्रण गर्नुपर्ने हाम्रो समूहको सुझाव छ, शनिबार ११ समूहका नेताले प्रतिवेदन पेश गर्नुहुनेछ ।”

समूह ११ का नेता राजेन्द्र राईले पार्टी नीति पद्धतिमा नचलेको र सङ्गठनमा पार्टी नेतृत्वबाट गुटबन्दी भएको सुझाव आएको बताउनुभयो । उहाँको प्रतिवेदनमा पार्टी विधान र केन्द्रीय सर्कुलरलाई उल्लङ्घन गरिएको उल्लेख छ ।

यसैगरी समूह ७ का उपनेता निरज आचार्यले पनि त्यस्ता नेतापिच्छे खोलिएका प्रतिष्ठान प्रदेश, जिल्लासम्म सङ्गठन विस्तार गरी पार्टीका समानान्तर गतिविधि सञ्चालन गरेकाले पार्टीको विधानमा नै व्यवस्था गरेर नियन्त्रण र नियमन गर्नुपर्ने सुझाव दिइएको बताउनुभयो ।

“पार्टीको निर्देशन सरकारले मान्नुप¥यो, पार्टी नीति पद्धतिमा चलेको छैन”, समूह ११ का टोली नेता राईले भन्नुभयो, “सरकारका विषयमा केहीले राम्रो गरेका छन् भनेको र केहीले सरकारले राम्रो काम गर्न सकेन भनेका छन्,

प्रतिकृया दिनुहोस्