RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२६ गते
५३२ पटक

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका ३ जिल्लामा गरी २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितिको संख्या दुई हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १७ जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यस्तै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको ६ भने ११७ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्