RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२७ गते
५२१ पटक

काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा घर भत्किँदा चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका-१ बाँझककनीमा गएराती करिब १ बजेतिर घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लका अनुसार लोगे लुहारको माटो र ढुंगाले बनेको तीनतले घर भत्किँदा श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया विष्णादेवी लुहार, ११ वर्षीय पारस, ७ वर्षीया सिरु र ४ वर्षीया जेनिसा रहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

उनका अनुसार घटनामा लोगे लुहारसहित आमा पाना लुहार, सासुआमा झागी विक र सालो देबु विक घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारका लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्