RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
१४८२ पटक

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सासद गजेन्दबहादुर महतले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिडेको आरोप पनि लगाए। छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको आरोप पनि उनले लगाए। उनले भने “हाम्रो गाउँ घर तिर उखान छ।

काम नपाए बुहारी कुकुरको पुछ कन्याउ। अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ। छाउ गोठको नाममा घर भत्काईएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छेको होटलमा मृत्यु भएको छ।

होटल भत्काउँदै हिड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ बस भत्काउँदै आगो लगाउँदै हिड्ने ? यो पनि तरीका काँही हुन्छ ? चाहिदो काम गर्नुपर्यो नि। जिल्लामा जाने नुन, औषधी बेचिएको छ। त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन।

पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनुछैन। ठेकदार कहाँ छ कहाँ छ थाहा छैन ,तीनलाई कारवाही गर्नुपर्दैन ? स्कुलको अवस्था के छ। अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो।

अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?”

 

प्रतिकृया दिनुहोस्