RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२९ गते
६३९ पटक

काठमाडौं। अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १, गण्डकी, प्रदेशका अधिकांश स्थानहरूमा अहिले वर्षा भइरहेको मौशम पुर्वानुमान महाशाखले जनाएको छ।

आज देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १(२ स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

उक्त स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।

भोलि र पर्सि दुई दिन नै देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्