RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३० गते
७९ पटक

कालिकोट । अविरल वर्षाले महाबै गाँउपालिका ३ नकुगाँउमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो ।

पहिरोले पुरेर विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् । जिल्ला प्रशासन कार्यालयले पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्