RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३१ गते
५२५ पटक

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिवार विहानसम्म १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ लाख १४ हजार ७७१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ पुगेको हो ।

यस्तै एकैदिन ५ हजार ७२३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ६२ हजार ४४१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ४९३ जनाको मृत्यु भएको छ । ३१ लाख २८ हजार ६२३ जना संक्रमित भएकोमा १८ लाख ९२ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४४ हजार २८१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६४ लाख ४८ हजार ६३० पुगेको छ । त्यसमध्ये ३५ लाख १५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १७ हजार १०३ जनाको मृत्यु भएको छ । ५४ लाख ८६ हजार ५३१ जना संक्रमित भएकोमा ४१ लाख ९६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७३ हजार ९ जनाको मृत्यु भएको छ । ५१ लाख ४५ हजार ६५८ जना संक्रमित भएकोमा ३६ लाख ९८ हजार ८७४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार १३९ जनाको ज्यान गएको छ भने ११ लाख १ हजार ६५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख १४ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०१ जनाको मृत्यु भएको छ । २४ हजार ८३३ जना संक्रमित भएकोमा १५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्