RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३१ गते
४६३ पटक

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले गर्दा आज विश्वमा मात्र नभएर हाम्रो मुलुकमा समेत नकारात्मक असर पु- छ । चलचित्र क्षेत्र पनि यसबाट अछुतो छैन ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको चलचित्र क्षेत्रलाई समग्र मुलुकको विकासका लागि अत्यन्तै महत्वपूर्ण कडीका रूपमा पनि लिन सकिन्छ । समग्रमा भन्नुपर्दा यस चलचित्र उद्योगबाट राज्यलाई कराडौं रुपैयाँ राजस्व प्राप्त हुन्छ र यसरी उठेको राजस्वले मुलुकको अर्थतन्त्र पनि बलियो हुन्छ ।

तर, विडम्बना के छ भने पछिल्लो चरण कोराना भाइरसका कारणले चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी विगत तीन महिनाभन्दा लामो समयसम्म लम्बिँदा यस चलचित्र क्षेत्रमा नराम्रोसँग आर्थिक संकट परेको देखिन्छ ।

यो क्रम अझै लम्बिएर भदौसम्म सरेको छ । केही दिनअघि सरकारले साउन ७ गतेबाट लकडाउन हटाए पनि कोरोनाको उच्च जोखिम भएकाले बढी भीडभाड हुने क्षेत्रमा तत्कालका लागि नखोल्ने क्षेत्रमध्ये चलचित्र क्षेत्र पनि पर्ने भएकाले यो क्षेत्र आजसम्म पनि बन्द नै छ । यसले गर्दा राज्यलाई आर्थिक भार त परेको छ नै,

यस उद्योगमा काम गर्ने हजारौं मानिसको रोजीरोटीसमेत गुमेको छ । यति मात्र होइन, चलचित्र निर्माताहरूको समेत लगानी जोखिममा परेको छ । धेरै लगानी गरेर निर्माण भइसकेका चलचित्र प्रदर्शनमा आउन नसक्नाले त्यत्तिकै पर्खेर बसिरहेका छन् । बजार पाउन सकेका छैनन् । यो अझै कहिलेसम्म लम्बिने हो, अझै टुङ्गो छैन । चलचित्र प्रदर्शनमा नआउनाले फिल्म हलहरू बन्द भएका छन् ।

तर आममानिसलाई भने यस कोराना महामारीबाट केही समयसम्म भए पनि तनावमुक्त गराउन सोसल मिडियाले धेरैलाई एउटा उचाइमा पु- छ भने त्यही सोसल मिडियाको गलत प्रयोगले धेरै मानिस गलत प्रवृत्तितिर पनि लागेका छन् । त्यस्तैगरी यही सोसल मिडियामार्फत फेसबुक लाइभ कार्यक्रमले दर्शकहरूलाई मनोरञ्जन दिइरहेको देख्न सकिन्छ भने टाइमपास प्रोडक्सनको युट्युबमा नेताको चरित्र, समाचार यस्तो भए पो हेर्नु, घरबेटीको समस्या, के गरिब हुनु अपराध हो ?, कोराना भर्सेज जँड्याहालगायत धेरै सर्ट मुभीहरू देखा पर्न थालेका छन् ।

फेसबुक लाइभ कार्यक्रमबाट छोटो समयमै आमनेपाली जनतालाई भरपुर मनोरञ्जन दिन सफल लोकप्रिय कार्यक्रम ‘बाजेसँग रमाइलो’ ले अहिले धेरै मानिसको मन पनि जितेको छ । त्यतिमात्र होइन, यस कार्यक्रमले नेपाली मौलिकता, कला–संस्कृति, वेशभूषालगायतको संरक्षण गर्नसमेत टेवा पु¥याउने देखिन्छ ।

फेसबुकमा लाइभ आएर प्रसारण भएको ‘बाजेसँग रमाइलो’ भन्ने कार्यक्रम सम्भवतः नेपालमै पहिलो कार्यक्रम रहेको कार्यक्रम सञ्चालक भूपेन्द्र रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जालमा धेरै नकारात्मक समाचार आइरहेकाले धेरैले सामाजिक सञ्जालमार्फत कुकार्यसमेत गरेको देखिन्छ । आममानिसहरूलाई त्यतातर्फ ध्यान नदिई हाम्रो मौलिकता, वेशभूषा तथा कला र संस्कृतिको जगेर्नाको लागि ‘बाजेसँग रमाइलो’ फेसबुक कार्यक्रम हरेक शुक्रबार राति ८ बजे फेसबुक लाइभबाटै प्रसारण गरेको र उक्त कार्यक्रम दर्शकहरूको अपार माया र प्रतिक्रियाले गर्दा नै आजसम्म सफल भएको समेत उहाँले बताउनुभयो ।

अहिले मुलुकमा पनि धेरै युट्युब च्यानलहरूबीच एक–आपसमा प्रतिस्पर्धा नै भइसकेको देखिन्छ । अझ रोचकको कुरा त कलाकारहरू नै आफ्ना युट्युब च्यानल बनाएर सन्देशमूलक छोटा चलचित्रहरू बनाउन थालिसकेका छन् ।

त्यही छोटा चलचित्रहरू पनि दर्शकहरूले धेरैभन्दा धेरै मन पराउनुसमेत भएको छ । उदाहरणका लागि केही समय मात्र आएको कलाकार सीताराम कट्टेल र बल्छी धुर्वेको सर्ट मुभी नै हेर्न सकिन्छ । तर, जे भए पनि मुलुकले अहिले विषम परिस्थिति भोगिरहेका बेला चाँडै यो कोराना निर्मूल होस् । मुलुकमा रहेको चलचित्र उद्योगले चाँडै गति लिई अर्थतन्त्र सुधारोन्मुख होस् भन्ने कामना गर्छु ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्